घुस रकमसहित ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख पक्राउ

घुस रकमसहित ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख पक्राउ


  • 2.5K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.9K Views

    घुस रकमसहित ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख पक्राउ

    रोल्पा १७ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुससहित पक्राउ परेका छन् ।

    images

    सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पा नगरपालिका-४ स्थित निवासबाट २५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    उनका अनुसार बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। 


    तेस्रो आँखा