आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै


  • 2.3K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै

    काठमाडौं, १८ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images

    अहिले बिहान कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

    दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरिएको छ । हिमपातको सम्भावना रहेका कारण पर्यटन तथा पर्वतारोहणमा पर्न सक्ने क्षणिक वा आंशिक असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ । 


    तेस्रो आँखा