घोराही-तुलसीपुर सडक अवरुद्ध

घोराही-तुलसीपुर सडक अवरुद्ध


  • 7.7K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 11.9K Views

    घोराही-तुलसीपुर सडक अवरुद्ध

    तुलसीपुर १८ मंसिर । आज फेरी घोराही तुलसीपुर सडक अवरुद्ध भएको छ । सोमबार बेलुका टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा युवकको मृत्यु भएपछि उनका आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।

    images
    wqqraewt.jpg

    मृतकका आफन्तहरुले क्षतिपूतीको मागसहित मंगलबार बिहान ८ बजेदेखि अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सीनाले जानकारी दिनुभयो । आफन्तहरुले सडक अवरुद्ध गरेपछि बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधनहरुलाई गन्तव्यमा पठाईएको प्रमुख तिमिल्सीनाले बताउनुभयो ।

    घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई झारबैरामा ठक्कर दिँदा तुलसीपुर १९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकीको मृत्यु भएको हो । मोटरसाइकलमा सवार तुलसीपुर– १७ निवासी २२ वर्षका दिपक बस्नेत घाइते भएका छन् । सडक खुलाउने विषयमा पहल भई रहेको प्रहरीले बताएको छ । 


    तेस्रो आँखा