सरकारले दिएको १० प्रतिशत अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो

सरकारले दिएको १० प्रतिशत अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो


  • 3.6K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.6K Views

    सरकारले दिएको १० प्रतिशत अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो

    तुलसीपुर, १८ मंसिर । अपांगता भएको व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपांगताभित्रको अवसर, प्रविधि र पूर्वाधार विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । 

    images

    मावन अधिकार तथा शान्ति समाज दाङशाखाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको कार्यक्रम शान्ति समाज दाङका सभापति कोमल डिसीको अध्यक्षतामा भएको थियो । 

    उक्त कार्यक्रममा सहभागी वक्ताहरुले अपांगता भएका व्यक्तिहरुको लागि पूर्वाधार सँगसँगै प्रविधिमा पनि जोडिन आवश्यक रहेको बताएका थिए । अपांगता भएका व्यक्तिहरुको लागि पूर्वाधार भएन भने सम्बन्धित कार्यालयमा पुग्न नसकेको, आफ्नो अधिकारको आवाज सम्बन्धित ठाउँमा सुनाउन नपाउने, सम्बन्धित व्यक्तिलाई भेट्न नसकिने जस्ता समस्या भोग्नु परेको उनीहरुले बताएका थिए । 

    cc.jpg

    त्यस्तैगरी कार्यक्रममा उपस्थित अपांगता भएका व्यक्तिहरुले अपांगमैत्री भन्ने कुरा नारामा मात्रै सीमित रहेको र कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरुले सरकारी कार्यालयहरु अपांगमैत्री पूर्वाधार निर्माण नभएका कारण आफूहरु सम्बन्धित व्यक्तिलाई भेट्न नसकेको र पाउनु पर्ने सेवाहरुमा पनि नपाएको बताएका थिए । सरकारले दिएको अधिकार मध्ये १० प्रतिशत पनि अधिकार प्रयोग गर्न नपाएको उनीहरुको भनाइ थियो । 

    उक्त कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी, तुलसीपुर उद्योग वाणिजय संघका दिपेश भण्डारी, शान्ति समाजका केन्द्रीय निवर्तमान उपसभापति सुशिल बस्नेत, शान्ति समाजका केन्द्रीय सचिव निर्मण नेपाली, शान्ति समाजका केन्द्रीय सदस्य तुल्सीराम सुनारलगायतका वक्ताहरुको बोल्नु भएको थियो । 

    शान्ति समाजका जिल्ला उपसभापति अमृत प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव मधुसुदन गौतमले गरेका थिए ।    

    bb.jpg


    तेस्रो आँखा