• ट्रेण्डिङ्ग :
अवरुद्ध घोराही-तुलसीपुर सडक सञ्चालन

अवरुद्ध घोराही-तुलसीपुर सडक सञ्चालन


  • 4.1K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.3K Views

    अवरुद्ध घोराही-तुलसीपुर सडक सञ्चालन

    तुलसीपुर १८ मंसिर । अवरुद्ध घोराही तुलसीपुर सडक सञ्चालनमा आएको छ । सोमबार बेलुका टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा युवकको मृत्यु भएपछि उनका आफन्तहरुले मंगलबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।

    images

    मृतकका आफन्तहरुले क्षतिपूर्तिसहित चालकलाई कार्वाहीको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका थिए । मृतकका परिवारलाई कानून बमोजिम क्षतिपूर्ति दिने सहमति पछि अवरुद्ध बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

    सोमबार बेलुका घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई झारबैरामा ठक्कर दिँदा तुलसीपुर १९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकीको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार तुलसीपुर– १७ निवासी २२ वर्षका दिपक बस्नेत घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।


    तेस्रो आँखा