घोराही १८ मंसिर/ गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले बनाएको ४ पांग्रे गाडीको सफल परीक्षण गरिएको छ । उक्त गाडी घोराहीदेखि तुलसीपुरसम्म करिब २३ किलोमिटर सडकमा चलाएर सफल परीक्षण गरीएको हो । गाडी परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर विद्यार्थीहरुलाई गाडीको बारेमा जानकारी गराइएको रुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
उक्त गाडी १३ दिनमा बनाइएको निर्माण समुहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गाडि बनाउनका लागि ५० हजार लागत लागेको थियो । गाडीमा १५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरीएको र त्यसमा आवश्यक पर्ने सम्पुर्ण विद्युतिय बस्तु पनि जडान गरिएको छ । ४ जनाको सिट क्षमता भएको गाडीमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरीएको छ । गुरुकुल एकेडेमीले व्यवहारिक मात्रै नभएर शैदान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले बिभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ ।
विद्यार्थीहरुले बनाएको गाडि सहित, हवाईजहाज, विद्युतिय सामग्री लगायतका अन्य नँया सामानहरुको आबिष्कार समेत गरेको थिए । गुरुकुलका विद्यार्थीहरुले बनाएको हवाइजहाज गत बर्ष तुलसीपुरस्थित टरीगाँउ विमानस्थलमा सफल उडान परिक्षण गरिएको थियो ।
