शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना


  • 5.5K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 8.4K Views

    शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

    काठमाडौं, १८ मंसिर । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनु भएको छ ।

    images

    मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताउनुभयो।

    उहाँले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताउनु भयो ।

    उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको हो ।


    तेस्रो आँखा