• ट्रेण्डिङ्ग :
देशभर तापक्रम बढ्दै, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

देशभर तापक्रम बढ्दै, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान


  • 5.9K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    देशभर तापक्रम बढ्दै, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

    काठमाडाैं, २१ फागुन। देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाेछ। 

    images

    २४ घण्टामा देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

    यस्ताे आगामी तीन दिनकाे माैसम पूर्वानुमान

    फागुन २१ गते  (शनिबार)

    दिउँसो :  देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

    राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

    फागुन २२ गते  (आईतबार)

    दिउँसो :  देशको सुदुरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    रातीः देशको सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    फागुन २३ गते  (सोमबार)

    दिउँसो :  देशभर अंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सूदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

    रातीः देशको पहाडी भू-भागमा अंशिक बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।





    तेस्रो आँखा