• ट्रेण्डिङ्ग :
गृहमन्त्री लेखकका नक्कली ‘पिए’ पक्राउ

गृहमन्त्री लेखकका नक्कली ‘पिए’ पक्राउ


  • 3.6K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.6K Views

    गृहमन्त्री लेखकका नक्कली ‘पिए’ पक्राउ

    काठमाडौं, १८ मंसिर  । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

    गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो ।

    गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए(सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन समेत आग्रह गरेको छ ।


    तेस्रो आँखा