कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


  • 4.7K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.2K Views

    कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं, २१ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा शुक्रबार बिहान हुस्सुरकुहिरो लागेको छ।

    दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। पश्चिमी वायुको प्रभावले कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    शुक्रबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।


    तेस्रो आँखा