• ट्रेण्डिङ्ग :
टिप्पर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु

टिप्पर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु


  • 2.8K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    टिप्पर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु

    हेटौंडा २१ मंसिर । मकवानपुरमा टिप्पर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु भएको छ । बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको हो ।

    images

    शुक्रवार बिहान सवा ८ बजेको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

    बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड लिई जाँदैगरेको  ना ८ ख २४३० नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हो ।


    तेस्रो आँखा