• ट्रेण्डिङ्ग :
आठ वर्ष पुराना मुद्दा यसै बर्ष शून्यमा झार्ने सर्वोच्चको लक्ष्य

आठ वर्ष पुराना मुद्दा यसै बर्ष शून्यमा झार्ने सर्वोच्चको लक्ष्य


  • 3.1K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.7K Views

    आठ वर्ष पुराना मुद्दा यसै बर्ष शून्यमा झार्ने सर्वोच्चको लक्ष्य

    काठमाडौँ, २१ मंसिर । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र आठ वर्ष पुराना रहेका मुद्दालाई यसै बर्ष शून्यमा झार्ने लक्ष्य लिएको छ ।

    images

    शुक्रवार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो कुरा जानकारी गराएको हो । अदालतले बनाएको योजनाअन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनु भएको छ ।

    उहाँले ०८२ सालको असार मसान्तसम्म आठ वर्ष पुराना मुद्दाहरू शून्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्स्यौट गरिरहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा आफूहरूले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताउनु भएको छ ।

    उहाँले भन्नुभयो ‘अब हामीसँग आठ वर्ष पुरानो मुद्दाहरू १५४ थान मुद्दा बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य रहेको छ । हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि आठ वर्ष नाघेका मुद्दाहरू जम्मा १५४ थान रहेका छन् । यो आउने ०८२ सालको असार मसान्तसम्म त्यसलाई शून्यमा झार्ने हो, ८ वर्ष पुराना मुद्दा नराख्ने हो । त्यसरी गएको हो हामी । जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेका छौँ ।’

    अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा सुरु गरिएको बताएको छ ।


    तेस्रो आँखा