• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने

निर्वाचन आयोगले मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने


  • 2.9K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.5K Views

    निर्वाचन आयोगले मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने

    काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताउनु भएको छ ।

    images

    यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

    आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    92024-12-06-02-00-27.jpeg


    तेस्रो आँखा