• ट्रेण्डिङ्ग :
तुलसीपुरबाट नगदसहित पाँच जुवाडे पक्राउ

तुलसीपुरबाट नगदसहित पाँच जुवाडे पक्राउ


  • 3.3K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.1K Views

    तुलसीपुरबाट नगदसहित पाँच जुवाडे पक्राउ

    तुलसीपुर २१ मंसिर । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले तुलसीपुरबाट नगदसहित पाँज जना जुवाडेहरुलाई नियन्त्रमा लिएको छ ।

    images

    बिहीबार दिउँसो करिब ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं।६ हिमाल टोल निवासी गोबिन्द आचार्यको घरमा अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको बिशेष टोली र इप्रका तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

     पक्राउ पर्नेमा तुलसीपुर ५ निवासी ३१ वर्षीय तुलसीराम आचार्य, वडा नं. ६ निवासी ३६ वर्षीय शुवास चौधरी, वडा नं. ११ निवासी ६० वर्षीय केशर बहादुर केसी, दंगीशरण गाँउपालिका २ निवासी ५१ वर्षीय दिपक देबकोटा र सल्यान छत्रेश्वरी ७ का ३४ वर्षीय दुर्गा बिष्ट रहेको इप्रका तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट  नगद ९२ हजार १ सय ६५ रुपैयाँ, ३ गड्डी तास र ३२ थान कौरा बरामद गरेको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान भई रहेको छ । 


    तेस्रो आँखा