• ट्रेण्डिङ्ग :
शौचालयमा लडेर पाँच वर्षीया बालिकाको मृत्यु

शौचालयमा लडेर पाँच वर्षीया बालिकाको मृत्यु


  • 2.9K
    SHARES
    • मंसिर २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.5K Views

    शौचालयमा लडेर पाँच वर्षीया बालिकाको मृत्यु

    मकवानपुर, २२ मंसिर  । मकवानपुरको हेटौंडामा शौचालय (ट्वाइलेट) मा लडेर एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए । शव हेटौंटा अस्पतालमै राखिएको छ ।


    तेस्रो आँखा