संक्रमण कालिन न्याय सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया

संक्रमण कालिन न्याय सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया


  • 2.4K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.6K Views

    संक्रमण कालिन न्याय सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया

    तुलसीपुर २३ मंसिर/ तुलसीपुरमा संक्रमण कालिन न्याय सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पिसबिल्डीङ ईनिसेटिभ (एनपिआई) को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले सत्य निरुपणत तथा मेलमलिप र बेपत्ता छानबिन आयोग राजनीतिक दलको प्रभावमा पर्ने भएकाले हालसम्म संक्रमणकालिन न्यायले सार्थक परिणाम प्राप्त  गर्न नसकेको बताएका थिए ।

    images

    अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्यहरुले राजनीतिक खेलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धि आयोग प्रभाबित हुँदै आएको गुनासो गरेको हुन । दंगीशरणका नविन योगीले आफ्नो बुवालाई २०५८ सालमा विद्रोही पक्षले हजुरबुवाको किरिया बसेको समयमा घर नजिकै निर्मम तरिकाले हत्या गरेको भन्दै अहिलेसम्म न्याय नपाएको गुनासो गर्नुभयो । बुवाको हत्या पछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा मद्धा दर्ता गरे पनि अहिलेसम्म उक्त मुद्धा विचाराधिन अवस्थामा रहेको दुखेसो पोख्नुभयो । अर्का द्वन्द्वपीडित तुलसीपुर १३ का भेषराज डाँगीले २०६१ सालमा आफ्नो बुवाको हत्या भएको बताउनुभयो । २२ बर्ष पुग्दासम्म न्याय नपाएको उहाँको भनाई थियो । सरकारले शुष्म तरिकाले अध्ययन गरेर दोषीलाई कार्वाही गर्नु पर्ने उहाँले माग गर्नुभयो ।

    कार्यक्रममा सहभागिहरुले पीडितहरुले छिटो न्याय पाउनुपर्ने, संक्रमणकालिन न्याय सम्बन्धि ऐन कार्यान्वयन गरिनुपर्ने, द्वन्द्वपीडितहरुको तथ्यांक संकलन गर्नुपर्ने, स्थानीय तहलाई थप अधिकार र जिम्मेवारी प्रदान गर्नुपर्ने, स्मृतिकरणको ब्यबस्था, मानव अधिकार उल्लघंन गर्नेलाई कारर्बाही गर्नुपर्ने लगायतका माग गरेका थिए । उक्त अवसरमा बिभिन्न राजनीतिक दल, नागरिक समाज,कानुन ब्यबसायी,पत्रकार लगायतले बिभिन्न सुझाब दिएका थिए । प्रतिनिधि सभा सदस्य मैना कार्कीले प्राप्त सुझाब र जिज्ञासा राख्नुभएको थियो । भने एनपीआईका निपुसा घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण अधिकारकर्मी एवं. पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।


    तेस्रो आँखा