काठमाडौं, २१ फागुन । महिला लघुवित्त वित्तिय संस्था बाँसगढी शाखामा कार्यरत नन्दाराम उपाध्यायलाई मातृशोक परेको छ।
उपाध्यायकी ममतामयी आमा मन्धरा उपाध्यायको ६० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।
दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. ५ जैसीगाउँ निवासी उपाध्याय लामो समयदेखि दमको बिमारी थिइन्।
उनको उपचारका क्रममा ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग सेवा सदनमा विहान १ बजे मृत्यु भएको हो।
मृतक उपाध्यायका श्रीमान, चार छोरा र एक छोरी छन्।
