धुनिवेशी ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

धुनिवेशी ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी


  • 4.5K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.0K Views

    धुनिवेशी ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं २३ मंसिर । धादिङको धुनिवेशी नगरपालिका-४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरूद्ध पुर्जी जारी भएको हो । 

    images

    उनीहरूविरूद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो  । तर उनीहरू पक्राउ परेका छैनन्। 

    पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।


    तेस्रो आँखा