प्रधानमन्त्रीबाट मानव सेवा आश्रमको भवन उद्घाटन

प्रधानमन्त्रीबाट मानव सेवा आश्रमको भवन उद्घाटन


  • 4.6K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.1K Views

    प्रधानमन्त्रीबाट मानव सेवा आश्रमको भवन उद्घाटन

    झापा २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानव सेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गर्नु भएको छ । सोही अवसरमा उहाँले मानव सेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले उद्घाटन र शिलान्यास गर्नुभएको हो । कार्यक्रममा आश्रमका लागि  दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।

    प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको थियो ।


    तेस्रो आँखा