दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली


  • 2.2K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.4K Views

    दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली

    झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनु भएको छ ।

    images

    भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।

    उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो।

     


    तेस्रो आँखा