स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु


  • 2.5K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

    काठमाडौं २५ मंसिर । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । निजगढबाट चपुरतर्फ जाँदै गरेको बा१६च ३१६२ नंम्बरको स्कार्पियो मंगलबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित धन्सार पुल नजिकै दुर्घटनामा परेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसार, दुर्घटनामा सिराहा अर्नामा गाउँपालिका–३, बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, सोही स्थानकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५, बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादवको मृत्यु भएको छ ।

    दुर्घटनाका घाइते ५ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा