मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री


  • 3.0K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

    बाँके, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा निर्माण भएको मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको उद्घाटन गर्नु भएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गर्नु भएको हो । 

    images
    a4ac4ead-f005-4d5d-8f07-a311844ae108.jpg

    भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । न्यायपूर्ण र समतामूलक समाज निर्माणकोलागि साझा एक्यबद्धता आवश्यक रहेको र त्यसकालागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने समेत स्पष्ट पार्नु भयो । ‘मानव अधिकार समाजको प्रगित संग जोडिएको छ । हामिले न्यायपूर्ण र समतामूलक समाजको परिकल्पना गरेका छौं । त्यसकालागि मानव अधिकार सुनिश्चित हुन जरुरी छ’उहाँले भन्नुभयो,‘मानव अधिकारको प्रत्याभूतिकालागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जनाउन चाहन्छु ।’

    5ac7c517-6aac-408b-b03e-12e4aa3b1eae.jpg

    लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको, त्यसबाट उत्पन्न समस्याले अहिलेपनि मानव अधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरुको न्यायकोलागि प्रदेश सरकारले भूमिका बढाउने बताउनु भयो ।‘लुम्बिनी प्रदेश द्वन्द्वको चपेटामा प¥यो । अहिले पनि पिडितहरुले भोगेका समस्या सम्वोधन गर्नेगरी कामहरु अघि बढेका छन । पिडितहरुको समस्या सम्वोधन गर्ने जिम्मेवारी राज्यको हो । त्यो भूमिका निर्वाह गर्न प्रदेश सरकार तयार छ’उहाँले भन्नुभयो,‘मानव अधिकार रक्षाको निम्ति कुनै कसर बाँकी राख्ने छैन् । प्रदेश सरकारले खेल्नुपर्ने भूमिका निभाउछौं ।’

    8e7cedeb-5955-4a77-aea3-4ca4bad3219c.jpg

    मानव अधिकार रक्षाको निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताउनु भयो ।‘ इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन’उहाँले भन्नुभयो,‘अहिले पनि राज्यलाई मानव अधिकारको क्षेत्रबाट खबरदारी गरिरहनु भएको छ । राज्यले मानव अधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्छ, सुन्नुपर्छ ।’ इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशका मन्त्री, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, मानव अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गर्नु भएको थियो ।


    तेस्रो आँखा