दाङ २६ मंसिर । गत मंसिर २३ गते तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका अर्का युवकको पनि उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका तुलसीपुर ४ निवासी १८ वर्षीय सन्दीप वलीको उपचारको क्रममा मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका-४ मा लु.प्र -०२-००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका वलीको बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो। इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार वलीको नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्य भएको हो ।
उक्त दुर्घटना १६ वर्षीय दिपेन्द्र वलीको मृत्यु भएको थियो । चालक १७ वर्षीय गणेश खड्का घाइते छन् । उनको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ ।
