काठमाडौं २६ मंसिर । कमेडी च्याम्पियनबाट चर्चामा आएका गायक तथा कमेडियन हिक्मत महराको दुर्घटनामा परी निधन भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका ३० वर्षीय महराको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए । रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए । महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो ।
