पर्साबाट लामिछानेलाई काठमाडौँ हुँदै कास्की लगिदैं

पर्साबाट लामिछानेलाई काठमाडौँ हुँदै कास्की लगिदैं


  • 3.1K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    पर्साबाट लामिछानेलाई काठमाडौँ हुँदै कास्की लगिदैं

    वीरगञ्ज, २६ मंसिर । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

    images

    निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनि सिमरा विमानस्थलमा रहेका जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

    पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिनुभयो ।


    तेस्रो आँखा