त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छ : प्रधानमन्त्री ओली

त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छ : प्रधानमन्त्री ओली


  • 2.0K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.0K Views

    त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।

    images

    बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने बताउनुभयाे । उहाँले उपकुलपतिले नै विश्वविद्यालय चलाउने भन्दै आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको बताउनुभएको हो । 

    ‘उपकुलपतिलाई लागेको गर्न पाए हुन्थ्यो भनेर लागेको कुरा गर्नुचाहिँ विश्वविद्यालयको स्वायत्तता होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसो भएकाले हामी साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले हिजो मात्रै प्रधानमन्त्रीका कारण विलम्ब भयो भनेर अखबारमा छापिएको भन्दै निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न आफूले भनेको बताउनुभएको हो । 

    ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्, निष्पक्ष ढङ्गले काम होस् । मैले जहिले भन्ने त्यही हो’, प्रधानमन्त्रीले चलाउने कसरी भन्ने ख्याल गर्नुपर्ने बताउनुभयो ।


    तेस्रो आँखा