• ट्रेण्डिङ्ग :
शिक्षा शब्द आफैँमा गुणस्तरीय : स्वास्थ्यमन्त्री पौडेल

शिक्षा शब्द आफैँमा गुणस्तरीय : स्वास्थ्यमन्त्री पौडेल


  • 2.6K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    शिक्षा शब्द आफैँमा गुणस्तरीय : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौण्डेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ । ब्रिजवाटर कलेजद्वारा आज आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताउनुभयो ।

    images

    शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताउनु भएको हो । राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्नेमा मन्त्री पौडेलको भनाइ थियो । कार्यक्रममा मन्त्री पौडेलले पत्रकार दिलभूषण पाठकलाई सम्मान गर्नुभएको हो ।

    पाठक खोतल्न सक्ने र लोभ नभएको पत्रकारिता क्षेत्रको व्यक्तित्व भएकाले पछ्याउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्व गोविन्द खनाललाई पनि मन्त्री पौडेलले सम्मान गर्नुभएको थियो ।


    तेस्रो आँखा