कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत 

कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत 


  • 9.3K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत 

    सिरहा । नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ ।  सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । 

    images

    लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।

    अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव, गोलबजार नगरपालिकामा लालबाबु भन्ने राजदेव साह, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुवास यादव, नवराजपुर गाउँपालिकामा मदन यादव, बरियारपट्टी योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमलप्रसाद मण्डल निर्विरोध निर्वाचित भएका छन् । 

    यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ ।
     

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन
  • # सिरहा

  • तेस्रो आँखा