बुटवलमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवलमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु


  • 2.2K
    SHARES
    • मंसिर २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    बुटवलमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

    काठमाडौं, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप अनियन्त्रित भई पल्टिँदा चालकसहित दम्पतीको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा परी बुटवल-१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको लाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

    पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा