• ट्रेण्डिङ्ग :
मोटरसाइकलकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलकोे ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 3.2K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.0K Views

    मोटरसाइकलकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

    भक्तपुर, ३० मंसिर । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    images

    अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा रामेछाप दोरम्वा गाउँंपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

    मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा