• ट्रेण्डिङ्ग :
एम्नेस्टीको अध्यक्षमा बुढाथोकी दोहोरिए

एम्नेस्टीको अध्यक्षमा बुढाथोकी दोहोरिए


  • 6.1K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 9.4K Views

    एम्नेस्टीको अध्यक्षमा बुढाथोकी दोहोरिए

    दाङ,१ पुस । एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा बिपिन बुढाथोकी निर्वाचिन हुनु भएको छ । एम्नेस्टी इन्टरनेसनलको  मंसिरको २९ र ३० गते नवलपरासीको गैंडाकोटमा भएको ३३ औं वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । 

    images

    त्यसैगरी साधारणसभाले कोषाध्यक्षमा होमबहादुर अधिकारीलाई चयन गरिएको छ । राष्ट्रिय बोर्ड सदस्यहरुमा सचिता कुईंकेल, केशब पोखरेल, पूजा थापा, मौसम कार्की, एलिसा महत, मीना थापा, बैकुण्ठप्रसाद अर्याल, लोकेन्द्र सिंह र सुमन कुमार चयन हुनु भएको छ । तीन वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारीहरूले युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दछन् ।

    संस्थाका निर्देशक निराजन थपलियाले यस वर्षको साधारण सभालाई अत्यन्त समावेशी र पारदर्शी बताउनु भयो । उहाँले भन्नुभयो ,‘नयाँ नेतृत्वले मानवअधिकार आन्दोलनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ ।’  सभाले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदनहरू, वार्षिक मानवअधिकार कार्ययोजना र बजेट पारित गरेको छ । 

    सन् २०२५ का लागि मानवअधिकार कार्ययोजना तय गरिएको छ । साधारणसभामा द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका विषयमा सरकारलाई जवाफदेही बनाउने विषयमा पनि छलफल गरिएको थियो । नवनिर्वाचित अध्यक्ष बिपिन बुढाथोकीले संस्थाको भविष्य र रणनीतिक योजनाबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै मानवअधिकार संरक्षण र जवाफदेहिताको प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउनु भएको छ ।


    तेस्रो आँखा