दाङ १ पुस । दाङमा मोटरसाइकल दुर्घटनामा परी रूकुम पश्चिमका एक युवकको मृत्यु भएको छ ।
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ३ प ९३५६ नं. को मोटरसाइकल अनियन्त्रित भएर कपासी नजिक पल्टिदा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१४ छिवाङ निवासी २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भएको हो ।
आइतबार राती दुर्घटनामा परी गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
