नक्कली शरणार्थी प्रकरण : झा र थापालाई थुनामै राख्न आदेश

नक्कली शरणार्थी प्रकरण : झा र थापालाई थुनामै राख्न आदेश


  • 2.6K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    नक्कली शरणार्थी प्रकरण :  झा र थापालाई थुनामै राख्न आदेश

    काठमाडौं, १ पुस ।  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ । आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा पठाएको भन्दै बेचनले उच्च अदालतमा निवेदन दिएका थिए ।

    images

    सो निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले बेचन र प्रतिकलाई थुनामै राख्ने सुरु जिल्ला अदालतको आदेश सदर गरेको हो ।

    बेचन र प्रतिकलगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप छ ।


    तेस्रो आँखा