पल शाह अझै १२ दिन हिरासतमा

पल शाह अझै १२ दिन हिरासतमा


  • 7.6K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    पल शाह अझै १२ दिन हिरासतमा

    काठमाडाैं, २१ फागुन। बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुन १२ दिन म्याद थप गरिएको छ।  जिल्ला अदालतले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

    images

    एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको जनाएको छ।

    प्रहरीले आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत लगेको थियो। अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको तनहुँ प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # पल शाह

  • तेस्रो आँखा
    लेखकबाट थप