भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्छ: मुख्यमन्त्री सिंह

भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्छ: मुख्यमन्त्री सिंह


  • 2.1K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्छ: मुख्यमन्त्री सिंह

    काठमाडौँ, १ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिनु भएको  छ।

    images

    मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिनु भएको हो।

    उहाँले भ्रष्टाचार गर्नेलार्ई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताउनु भयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको बताउनुभयो ।

    राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको मुख्यमन्त्री सिंहको भनाई थियो । त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्नका लागि सुझाव दिनु भएको हो ।

    मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब वृद्धि गरेर भ्रष्ट्राचार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गर्नुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गर्नुभयो ।


    तेस्रो आँखा