तुलसीपुर, २ पुस । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीले पत्रकारिता निष्पक्ष, तथ्य एवं. सत्यतामा आधारित हुनु पर्ने बताउनु भएको छ । मंगलबार तुलसीपुरमा भएको प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको दोस्रो अधिवेशन कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका मास्कीले पत्रकारहरुले सधै निष्पक्ष र तथ्यमा आधारित भएर समाचार सम्प्रेशन गर्नु पर्ने बताउनु भएको हो ।
पत्रकारिता राज्यको चौंथौ अंग भएकाले आम नेपाली समाजलाई शुसुचित गर्ने अंगको रुपमा गठन गरेको कुरा नेपालको संविधानमै उल्लेख गरेको छ, उहाँले भन्नुभयो, नेपाल र नेपालीहरुका लागि पत्रकारिताको क्षेत्रमा काम गर्ने जतिले नागरिक, संगठनहरु एवं राष्ट्रिय सुरक्षाको निम्ती काम गर्छन । नेपाली जनताको अधिकार स्थापना गर्ने सन्दर्भमा समाजका व्यवस्थाहरु स्थापना गर्नुपर्ने मास्कीले बताउनु भयो । उहाँका अनुसार जनताका मौलिक अधिकार र मानव अधिकारको स्थापित गर्ने सन्दर्भमा पत्रकारको अग्रणी भुमिका हुन्छ । साथै उहाँले पत्रकारिता आफैमा गम्भीर, साहासिक र निरन्तरताको काम भएको बताउनु भयो ।
नेपालमा रहेका राष्ट्रिय स्तरका मिडिया, प्रदेश, जिल्ला तथा स्थानीय स्तरका सञ्चार माध्यमहरुले एउटै उदेश्य लिनुपर्ने उहाँको भनाई थियो । पत्रकाहरु जुनसुकै सञ्चार माध्यममा आवद्ध भएपनि नागरिकहरुको अन्याय विरुद्ध र समाजमा शान्ति सुशासन कायम गर्ने गरि काम गर्न आवश्यक रहेको मास्कीको भनाइ छ । पत्रकारहरुलाई काम गर्ने क्रममा डर, त्रास एवं धम्की आउँछ, तर पत्रकारहरुले सत्यमा आधारित रहेर काम गरेमा कुनै डर हुँदैन उहाँले भन्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदिप शार्माले प्रेस सेन्टर निकै जटिलताको समयबाट २०६१ सालमा रोल्पाबाट स्थापना भएको बताउनुभयो । हाम्रो पत्रकारिता जनताको जटिलता, सेवा प्रवाह, गरिबीको अन्त्य, अन्याय र अत्याचारको उन्मुख होस, भन्ने उदेश्यले प्रेस सेन्टरको स्थापाना भयो, उहाँले भन्नुभयो, हाम्रो संगठनले उठाएका एजेन्डा बमोजिम प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले काम गर्नुपर्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे पत्रकारहरु पत्रकारिताको मापदण्डमा रहेर काम गर्नु पर्ने बताउनु भयो । उक्त अवसरमा रिर्पोटस क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेकपा माओवादी केन्द्रका सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका सहइन्चार्ज प्रेमराज वली, प्रेस सेन्टर लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली, प्रेस सेन्टरका संस्थापक शंकर भट्टराई, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगी लगायतले बोल्नु भएको थियो ।
यसैबीच प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको दास्रो अधिबेशन सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका उपाध्यक्ष दिपक बोहराको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रेस सेन्टर दाङका जिल्ला सदस्य बिशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङ शाखाका सदस्य दिपक केसीले गर्नु भएको थियो ।
यसैबीच प्रेस सेन्टर तुलसीपुर शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा टेकराज भण्डारी सर्वसम्मत चयन हुनु भएको छ । जस्को उपाध्यक्षमा विशाल परियार, सचिवमा रिता केसी, सहसचिवमा कृष्ण केसी र कोषाध्यक्षमा मन बहादुर बुढाथोकी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा मंगलसिंह घर्ती, दामोदर केसी, निकिता बुढाथोकी, हुम बहादुर नेपाली, युवराज केसी र जितेन्द्र खड्का चयन हुनु भएको छ ।
रुपा थापा
