स्वर्गीय रामबहादुर पुनको स्मृतिमा विद्यालयमा १० लाखको अक्षयकोष

स्वर्गीय रामबहादुर पुनको स्मृतिमा विद्यालयमा १० लाखको अक्षयकोष


  • 4.7K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.2K Views

    स्वर्गीय रामबहादुर पुनको स्मृतिमा विद्यालयमा १० लाखको अक्षयकोष

    रोल्पा, ३ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेवाङमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ठुलो धनराशिको अक्षयकोष स्थापना गरिएको छ । 

    images

    स्वर्गीय राम बहादुर पुनमगरको परिवारले उहाँको स्मृतिमा विद्यालयमा १० लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । मंगलबार उक्त रकम स्वर्गीय राम बहादुर पुनमरको श्रीमती रमा पुनमगर र छोराहरू यम बहादुर पुनमगर र बिबेक पुनमगरले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोरबहादुर पुनमगरले जानकारी दिनुभयो। 

    व्यास नगरपालिका ३ दमौली तनहुँ स्थायी ठेगना भएका उहाँहरु हाल मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर भक्तपुरमा बस्नुहुन्छ । पुख्र्यौली घर भने रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेवाङमा पर्छ ।

    विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष स्थापना गरेको स्वर्गीय पुनमगरको श्रीमती रमा पुनले बताउनु भयो।  विद्यालयमा अपांग ,गरिबी ,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि उक्त अक्षयकोषको स्थापना गरिएको छ। 

    कुल रकमलाई मुद्द्ती खातामा जम्मा गर्ने र त्यसबाट आएको ८० प्रतिशत ब्याज रकमलाई छात्रवृत्तिको लागि खर्च गर्ने र २० प्रतिशत रकमलाई मुद्द्ती खातामा जम्मा गर्ने गरि विद्यालयसंग सम्झौता गरिएको छ । 

    मंगलबार विद्यालयमै पुगेर सोही रकम बराबरको चेक विद्यालय हस्तान्तरण गरिएको छ । पुनमगरको परिवारले विद्यालयका विव्यस अध्यक्ष डोर बहादुर पुनमगर, वडाध्यक्ष रेशम रिजाल, निवर्तमान वडाध्यक्ष मानसीं पुनमगर, वडाका अन्य जनप्रतिनिधि, शिक्षक लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप