दाङ ३ पुस । दाङमा मंगलबार साँझ स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही -भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँ पालिका ८ बिजौरी निवासी २० वर्षीय किशन शाहीको मृत्यु भएको हो ।
लमहीस्थित निजि विद्यालयको रा१क १४१८ नम्बरको बसले रा५प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
