स्रोत नखुलेको नगद ६८ लाखसहित ४ जना पक्राउ

स्रोत नखुलेको नगद ६८ लाखसहित ४ जना पक्राउ


  • 2.7K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.2K Views

    स्रोत नखुलेको नगद ६८ लाखसहित ४ जना पक्राउ

    काठमाडौँ ३ पुस । काठमाडौँबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, वडा नं. १० नयाँ बानेश्वरका १८ वर्षीय किशोर, वडा नं.–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् ।

    प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा