हात्तिखौवामा भ्यान र स्कुटर आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

हात्तिखौवामा भ्यान र स्कुटर आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक घाइते


  • 6.4K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 9.9K Views

    हात्तिखौवामा भ्यान र स्कुटर आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

    तुलसीपुर ३ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तिखौवा ओरालोमा भ्यान र स्कुटर एक आपसका ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा लमही नगरपालिका वडा नं. ५ निवासी स्कुटरको पछाडी सवार ५० वर्षीया लिला भुसाल रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १च १३०० न। को भ्यान र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ११३५ नं. को स्कुटर आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा परी गम्भीर घाइते भएकी भुसालको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने २ बजेको समयमा मृत्यु भएको इप्रका तुलसीपुरमा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी  मृतकका छोरा स्कुटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन् । उनको अवस्था सामान्य छ । भ्यान र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा