काठमाडौं, ४ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवमं पुवगृहमन्त्री रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक भएको छ ।
उक्त फोटो रास्वपाकै समर्थक डा.निकोलस भुसालले खिचेको खुलासा भएको छ । उहाँले नै लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्नुभएको हो । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आउनु भएको व्यक्ति हो ।
‘यो फोटो रियल हो, मैले नै खिचेको हो,’ उहाँले भन्नुभयो, ‘गल्ती भको हो माफ चाहन्छु । म बाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’
भुसालले दुई दिनअघि नागरिक विद्रोहका जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाउनु भएको छन् ।
