• ट्रेण्डिङ्ग :
सरकारी निकायहरुबीच समन्वयको अभाव देखियो : मुख्यसचिव अर्याल

सरकारी निकायहरुबीच समन्वयको अभाव देखियो : मुख्यसचिव अर्याल


  • 2.7K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    सरकारी निकायहरुबीच समन्वयको अभाव देखियो : मुख्यसचिव अर्याल

    काठमाडौं, ४ पुस । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनु भएको छ  ।

    images

    बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनेपनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु रहेको बताउनुभयो । उहाँले संघीय कानून भन्दा विपरित कानून बनाउन नपाइने भएपनि त्योअनुसारको कानून नबनेको बताउनु भएको छ ।

    उहाँले सरकारले युवाहरुलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको बताउनुभयो । उहाँले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताउनु भएको हो ।

    सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आयोगले दिएको सुझावहरुलाई समेटेर कार्यक्रम बनाउने बताउनु भएको छ । मुख्यसचिव अर्यालले सरकारले सबै सेवाहरु प्रविधिमैत्री बनाउने भनेर काम अघि बढाइरहेको बताउनुभयो ।


    तेस्रो आँखा