• ट्रेण्डिङ्ग :
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइछ : गृहमन्त्री लेखक

सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइछ : गृहमन्त्री लेखक


  • 3.2K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइछ : गृहमन्त्री लेखक

    चितवन, ४ पुस । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    images

    आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनु भएको छ । सहकारी ठग्नेहरूउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

    फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनु भएको छ । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो ।


    तेस्रो आँखा