• ट्रेण्डिङ्ग :
जनकपुर एनपिएलको फाइनलमा, कर्णाली बाहिरियो

जनकपुर एनपिएलको फाइनलमा, कर्णाली बाहिरियो


  • 3.7K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.7K Views

    जनकपुर एनपिएलको फाइनलमा, कर्णाली बाहिरियो

    काठमाडौँ, ४ पुस । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।

    images

    अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि शनिवार भिड्ने छन् । जितका लागि १ सय १९ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुउमाउँदै लक्ष्य पुरा गर्‍यो ।

    कर्णालीको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए । हर्ष ठाकरले १७ रनको योगदान दिए ।

    मायन यादवले १४ रन बनाउँदा आकाश त्रिपाठीले १३ रनको योगदान दिए । शेर मल्ल १६ रनमा नट आउट रहे ।

    अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । शुभ कंसाकार ३, आसिफ शेख ४, लाहिरु मिलन्था ९, मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महतो शून्य रनमा नट आउट रहे ।


    तेस्रो आँखा