• ट्रेण्डिङ्ग :
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन


  • 1.8K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

    भक्तपुर, ४ पुस । मध्यपुरथिमि नगरपालिका(७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् ।

    images

    मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो ।

    नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्र्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो ।

    नगदेशका ख्वप्रिङ नवदर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपर विकास सहयोग सङ्घको आयोजनामा करिब रु आठ लाखको खर्चमा भगवाण भोजनलगातयका कार्यक्रम आयोजना गरेको हो ।

    भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाई सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरुले भव्य रुपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वोकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिनुभयो ।

    करिब रु आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वोकेगु आयोजना गरेको जानकारी दिँदै उनले नगदेशमा ठूलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताउनु भएको छ ।

    पूजाका क्रममा दुई वटा बोका र दुईवटा चुच्चे ९सुङ्गुर०को बलि दिएर ब्वोकेगु गरिने बताउनुभयो। उहाँले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताउनु भयो ।

    घरघरबाट प्रत्येकले पूजाको सामान ल्याएर मनाइएको या पर्वमा कम्तीमा पनि एक हजार पाँच सयको सहभागिता रहेको उल्लेख गर्दै स्थानीय बिनोद कोजूले नवदुर्गा देवगण आएर नाच प्रदर्शन गर्दा स्थानीयको व्यापार, व्यवसाय, परिवारमा सम्पन्न, आर्थिक उन्नती, स्थानीयमा रोग, भयको नाश हुने, नकारात्मक शक्तिहरु परास्त हुने र सबैमा कल्याण हुने जनविश्वास रहेको बताउनु भएको हो ।

    नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताउनु भएको छ।

    देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरेपनि विशेष पूजाको रुपमा रहेको द्यो ब्वोकेगु पनि नगन्य रुपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर आइतबार माछामार्ने जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्यो छे, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताउनुभयो ।

    नवदुर्गा अन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसंगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।


    तेस्रो आँखा