जनकपुर ५ पुस । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुपषको हत्या भएको छ । पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको गएराति हत्या भएको प्रहरीले जनाएको छ । पुरुषको टाउकोमा इट्टा प्रहार गरी हत्या भएको देखिएको धनुषाका एसपी भुवनेश्वर तिवारीले बताउनु भयो ।
‘उनी मागेर खाने व्यक्ति हुन् । मन्दिर छेउमै राति आएर सुत्ने गर्थे। बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएछन्। त्यसै क्रममा झगडा हुँदा उनको हत्या भएको हाम्रो अनुमान छ। राति होहल्ला भएको स्थानीयले पनि सुनेका थिए। सामान्य होहल्ला भएको भन्दै स्थानीय भने घरबाट ननिस्किएको उहााले बताउनु भयो ।
एसपी तिवारीका अनुसार मन्दिर परिसरमा विहान योगा गर्न जाँदा स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
