• ट्रेण्डिङ्ग :
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ,अब नेपालमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ,अब नेपालमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ


  • 2.2K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ,अब नेपालमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

    काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको नाममा उद्योगी व्यवसायीहरुले नाफा बढाउन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा शुक्रबार आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो आरोप लगाउनु भएको हो । 

    images

    उहाँले नेपालमा अब लोडसेडिङको कुनै सम्भावना नरहेको र हालको विद्युत आपूर्ति समस्या केवल प्राविधिक कारणले भएको बताउनुभयो । नेपालमा अब लोडसेडिङ हुँदैन,’ उहाँले भन्नुभयो, ‘हालका समस्याहरु प्राविधिक कारणले उत्पन्न भएका हुन् र केही समयमै समाधान हुनेछन् ।’

    घिसिङले लोडसेडिङको हल्ला चलाएर उद्योगीहरुले आफ्नो नाफा बढाउन चाहेको आरोप लगाउँदै थप्नुभयो, ‘उद्योगीहरुले अहिले बत्ती नपाएको भन्ने बहाना बनाएर उत्पादनको मूल्य बढाउन थालेका छन् । यसै गरी, लोडसेडिङ हुँदा एक किसिमका उद्योगीहरु खुसी हुने र प्राधिकरण नाफामा जाने साथमा अर्को समूह खुसी नहुने प्रवृत्ति देखिन्छ ।’

    उहाँले लोडसेडिङको कुरा गर्दा जनतालाई २०र२२ घण्टा विद्युत आपूर्तिबाट वञ्चित राखेर उद्योगीहरुले ठूलो नाफा कमाएको स्मरण गराउनु भएको छ । तामाकोशी आयोजनामा आएको बाढीले केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको र मर्मतको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । ‘प्राविधिक समस्याहरु केही समयको मात्रै कुरा हो, लोडसेडिङको यात्रा नेपालमा अब सम्भव छैन,’ उहाँले भन्नुभयो ।


    तेस्रो आँखा