रोल्पामा छोराको चिरपट प्रहारबाट बुवाको मृत्यु

रोल्पामा छोराको चिरपट प्रहारबाट बुवाको मृत्यु


  • 2.8K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    रोल्पामा छोराको चिरपट प्रहारबाट बुवाको मृत्यु

    रोल्पा ५ पुस । रोल्पामा छोराले चिरपटले हान्दा बुवाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका-२ जाजाधाराका ३६ वर्षीय नन्द सिंह परियारलाई उनका छोरा १८ वर्षीय समिर परियारले चिरपटले टाउकोमा हानी हत्या गरेको खुलेको छ ।

    images

    घरायसी विवादका कारण दाउराको चिरपटले टाउकोमा हानी घाइते भएका परियारको पुस ४ गते बिहान साढे ३ बजेको समयमा आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हत्या आरोपी समिर परियारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । परियारको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ । 


    तेस्रो आँखा