• ट्रेण्डिङ्ग :
शासक मरेको हो,न्याय मरेको छैन : दुर्गा प्रसाईं

शासक मरेको हो,न्याय मरेको छैन : दुर्गा प्रसाईं


  • 2.5K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    शासक मरेको हो,न्याय मरेको छैन : दुर्गा प्रसाईं

    काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रवार सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपछि उनले यस्तो बताएका हुन् ।

    images

    दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
    उनले आज पनि न्यायालय पवित्र रहेको बताए । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘राज्यका कुनै निकाय प्रती विश्वास उडेको होला, तर न्यायलय आज पनि पबित्र छ । राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्‍यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्‍यो,अन्ततस् सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बिचमा सहयोग सद्भाव व्यक्त गर्ने, आदरणीय बिभिन्न दलका नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शुभेच्छुक लगायत न्यायप्रेमी सबै आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैलाई हृदयदेखी धन्यवाद १ उहिँ उत्साह, उस्तै उमंग उस्तै शाहसका साथ तपाईको प्यारो दुर्गा प्रसाई मैदानमा खडा हुनेछ । बाँकी बिस्तारै बताउने छु । हार्दिक धन्यवाद १’


    तेस्रो आँखा