• ट्रेण्डिङ्ग :
कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : डा•शेखर कोइराला

कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : डा•शेखर कोइराला


  • 1.9K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.0K Views

    कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : डा•शेखर कोइराला

    धनगढी, ६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताउनु भएको छ। कैलालीको धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्तासँगको भेटमा नेता कोइरालाले यस्तो बताएका हो ।

    images

    नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे भन्नुभयो , ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’ सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।’

    नेताहरूको पीडा आफूले बुझेको उहाँको भनाई थियो । ‘तपाईँहरूमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईँहरूको पीडा म बुझ्छु । अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईँहरूको सहयोग चाहिन्छ,’ कोइराला भन्नुभयो  ।

    कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भन्नुभयो , ‘महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।’

    कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे । ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ,’ उहाँले  भन्नुभयो , ‘सरकारको कार्यशैली भने सन्तोषजनक छैन ।’

    उहाँले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताउनु भयो । सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले ९ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो ।
    भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो राख्नु भएको थियो ।१५ औं महाधिवेशनमा आफूहरू डा। शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको  थियो। पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिनु भएको  थियो ।


    तेस्रो आँखा